नेदरल्यान्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कपको अन्तिम १६ मा

नेदरल्यान्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कप २०२४ मा समूह ‘डी’ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

समूह विजेता बनेको अष्ट्रियाले नेदरल्याण्ड्समाथि ३ गोल गर्‍यो । छैटौं मिनेटममा नेदरल्याण्ड्सका डोनियल मलेनले आत्मघाती गोलबाट अग्रता लिएको अष्ट्रियाले ५९ औं मिनेट र ८० औं मिनेटमा गोल थप्यो ।

दोस्रो गोल रोमानो सेमिड र तेस्रो गोल मार्सेल सबित्जरले गरे ।

नेदरल्याण्ड्सले दुई गोल फर्कायो । कोडी गाक्पोले ४७ औं मिनेटमा र मेम्फिस डिपेले ७५ औं मिनेटमा गोल गरे ।

पराजय भएको नेदरल्याण्ड्सको तेस्रो स्थानको उत्कृष्टमध्येको टिमबाट छानिएर अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी छ ।

सम्बन्धित समाचार