विश्वकपमा भारतको जितसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि आफ्नो देशले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका छन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको अन्तिम खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्‍यो । म यही चाहन्थेँ– म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । कोहलीले भने, ‘यो मेरो अन्तिम टी–२० विश्वकप थियो । हामीले हासिल गर्न चाहेको यही हो ।’

रोहित शर्मा नेतृत्वको टिम इन्डिया अपराजित रहँदै १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ ।

शनिबार राति भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो ।

सम्बन्धित समाचार