दक्षिण कोरियाको राजधानी सिउलमा एउटा कार भीडमा जोतिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
उक्त दुर्घटना स्थानीय समयानुसार बेलुका ९:३० बजे भएको थियो । ६८ वर्षीय एक कार चालकले ट्राफिक स्टपमा रहेका पैदलयात्रीतर्फ कार चलाएका थिए ।
स्थानीय मिडियाका अनुसार, उक्त कार गलत दिशामा चलाइएको थियो । कारले अरू दुई कारलाई ठक्कर दिएको थियो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।