सद्‍भाव आचार्यले युएस एमेच्योर च्याम्पियनसिपमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले संयुक्त राज्य अमेरिकामा हुने १२४औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाईड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

उनी आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् । खेल टाउन कोर्समा हुनेछ । सदभाव युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने पहिलो नेपाली गल्फर हुन् ।

१८ वर्षीय सदभावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो र फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष सहुलियत पाएका छन् । सदभावले छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन् । यसैगरी उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागीता जनाउने छन् ।

अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडा स्थिति टिपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न‌ निमन्त्रणा पठाएपछि सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्टस कप इन्टरनेसनल टिमको दाबेदारमध्येका एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा पठाएको प्लेयर सर्भिस म्यानेजर सिड्नी जोकिस्चले निमन्त्रणा पत्रमा उल्लेख छ ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बङ्गलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले ३ वटा प्रमुख उपाधि जितिसकेका छन् ।

सदभावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् । प्रशिक्षणका लागि मात्रै २० हजार डलर खर्च हुनेछ । कुल खर्च २८ हजार अमेरिकी डलर हुनेछ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बङ्गलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए।

सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन। उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन। सदभावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन्।

सदभावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३-२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा कुल उपाधि सङ्ख्या तीन पुर्याएका थिए। यो सिजन उनले ६ प्रतियोगितामा भाग लिए। जहाँ उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ वटा उपाधि नै जिते।

सम्बन्धित समाचार