रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् ।
बिहीबार दिउँसो डुबेका मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
रारा तालमा पौडी खेल्न पाइँदैन तर पनि राराको छेउछाउमा काम गर्नेहरु लुकेर पोडी खेल्ने गरेको प्रनाउ थापाले बताए ।