जनता समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । मन्त्रीले राजीनामा दिएपछि समर्थन फिर्ता लिएका हुन् ।

जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए । पार्टीले समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले पदबाट राजीनामासमेत दिइसकेका छन् ।

जसपाले आजै सभामुख देवराज घिमिरेलाई सरकारको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएपछि जसपाले समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीले असार २८ गते संसद्बाट विश्वासको मत लिँदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार