कांग्रेसको साथ पाएपछि मधेशका मुख्यमन्त्री सिंहले गरे चारदलका ६ मन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका ६ जना मन्त्रीहरु बर्खास्त गरेका छन् । आज (शनिबार) प्रदेश सभाबाट विश्वासको मत लिनुअघि उनले चार दललाई सरकारबाट हटाउँदै मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारबाट हटाउँदै सो दलबाट सहभागी मन्त्रीलाई बर्खास्त गरेका छन् ।

माओवादीबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी की गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।

२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिँदै छन् । कांग्रेस–एमालेसँग भएको सहमतिअनुसार उनले मन्त्रीहरु बर्खास्त गरेर चार दललाई सरकारबाट हटाएको बताइएको छ । कांग्रेस–एमालेले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार