बाबर आजमलाई नेपालले पनि आफ्नो टिममा लिँदैन : शोएब मलिक

पाकिस्तानका पूर्व क्रिकेटर शोएब मलिकले टी–२० विश्वकप २०२४ मा बाबर आजम र पाकिस्तानी टोलीको निराशाजनक प्रदर्शनको लागि आलोचना गरेका छन्। शोएबले पाकिस्तानका उत्कृष्ट खेलाडी बाबर आजम शीर्ष अन्तर्राष्ट्रिय टोलीमा समेत फिट हुन नसक्ने र नेपालले पनि उनलाई आफ्नो टोलीमा दाबी गरेका छन् ।

४२ वर्षीय पूर्वअलराउन्डर मलिकले २९ वर्षीय बाबर आजमले टी–२० ढाँचामा छिटो रन बनाउन नसक्ने दाबी गरेका हुन् । मलिकका अनुसार बाबर आजमले भारत, अस्ट्रेलिया वा इङ्ल्यान्ड जस्ता टीमको टी–२० टोलीमा स्थान बनाउन चाहेमा उनले प्लेइङ ११ मा कहिल्यै पनि स्थान पाउने छैनन् ।

“बाबर आजम भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड जस्ता कुनै पनि शीर्ष अन्तर्राष्ट्रिय टोलीमा फिट हुन सक्दैनन्’, उनले भने ‘नेपालले पनि उनलाई आफ्नो टोलीमा लिने छैन”।

बाबरको नेतृत्वमा रहेको टोली टि २० विश्वकपको सुपर ८ चरणमा समेत पुग्न नसकेपछि निकै आलोचनामा परेको थियो । सन् २००७ यता पाकिस्तानले यसरी आउट भएको प्रतियोगिताको इतिहासमा पहिलो पटक हो ।

पहिलो २ खेलमा हार बेहोरेपछि पाकिस्तानी टिमको आफ्नै फ्यान र पूर्व क्रिकेटरहरुबाट चर्को आलोचना भएको थियो । समूह ‘ए’का बाँकी खेलमा क्यानडालाई ७ विकेटले र आयरल्यान्डलाई ३ विकेटले हराएको थियो ।

यद्यपि, यो पाकिस्तानी टोलीलाई अर्को चरणमा पुग्न पर्याप्त भएन किनभने अमेरिकाले दौडमा उनीहरूलाई पछाडि पार्दै ५ अंक जोडेको थियो।

बाबरले विश्वकपका चार खेलमा १२२ रन मात्रै बनाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार