एटीएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित  माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको हो ।

नुवाकोट किस्पाङ गाउँपालिका–१ का ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको बताए । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार