तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजार बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज सात सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढ्दै १ हजार २७० तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार