सुन तस्करीका फरार अभियुक्त पक्राउ​

दुबईबाट नेपालमा सुन तस्करी गरेको घटनाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ बस्ने विकास योञ्जन छन् ।

२०८० भदौ २५ मा ९६० ग्राम सुनसहित पक्राउ परेका बाबुलाल दोङले उक्त सुन योन्जनको रहेको बताएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।​​​​

दोङले त्यतिबेला दुबई बाट सुन मलद्वारमा लुकाएर नेपाल ल्याएका थिए । प्रहरीले त्यतिबेला दोङ र बरामद सुन भन्सार कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार भन्सार कार्यालयबाटै योञ्जनको नाममा पक्राउ पुर्जी जारी भएपछि उनलाई चावहिलबाट नियन्त्रणमा लिएर बुझाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार