काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । मंगलबार उच्च अदालत पाटनले फुटपाथ विस्तारमा अवरोध नगर्न सरकारलाई आदेश दिएसँगै महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।
केही समयअघि महानगरले न्यूरोडमा फुटपाथ विस्तार गरिरहेका बेला संघीय सरकारको बलजफ्तीपछि काम रोकिएको थियो ।
संघीय सरकारको सडक विभागले महानगरले फुटपाथ विस्तारका लागि खोस्रिएको सडकमा पुनः कालोपत्रे गरेको थियो । विभागको उक्त निर्णयविरुद्ध उच्च अदालत पुगेको महानगरले अब भने काम गर्ने बाटो खुलेको छ ।