क्यानले पायो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

नेपाल क्रिकेट संघ (क्यान) ले  ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ । आईसीसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त्त अवार्ड दिएको हो । 

बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको हो । क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्शाउने उल्लेख गरेको छ । 

क्यनले यो अवार्डका लागि क्रिकेटका प्रशंसक र दर्शकलाई धन्यवाद दिएको छ । 

सम्बन्धित समाचार