अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ ।
राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो ।
अब बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब बढ्नसक्छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोरोनाविरुद्ध भ्याक्सिन दिइएको छ ।
प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुईपटक कोभिड–१९ भएको थियो ।