दोहा कतार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रवासी नेपाली मञ्च कतारलाई सम्बोधन गरेका छन् ।
सातौँ अधिवेशनको पुर्वसन्ध्यामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमालेको सङ्गठन विश्वको ३७ ओटा देशमा फैलिएको बताए । यो देशभित्रको कमिटीजस्तो सहज नरहेको पोखरेलले बताए ।
उपाध्यक्ष पोखरेलले प्रवासमा सङ्गठन निर्माण चुनौतीपूर्ण रहेको बताए । सङ्गठन निर्माण गर्दा वैधानिक सम्बन्धित देशको कानुनभित्र रहेर पार्टी काम र एमालेसँग आबद्ध भएर काम गर्न चुनौतीपूर्ण रहेको बताए बताए ।
प्रवासी नेपाली मञ्च कम्युनिटीवेस सङ्गठन हो । पोखरेलले भने ’हाम्रो पार्टीमा नीति र नेतृत्वमा विवाद छैन ।’ नेतृत्वमा छलफल गर्नुहोस् पार्टी निर्माणमा जोड दिनुस् ।’
उनले प्रतिकुल देशमा बसेर सङ्गठन निर्माण गर्दा सर्वसम्मतिमा गर्न आग्रह गरे । उनले नेताहरू रेफ्रीको भूमिकामा रहनुपर्नेमा आफै गोल हान्न खोज्दा समस्या हुने बताएका छन् ।
नेकपा एमाले देशमा राजनीतिक स्थायित्व नभएकाले स्थायित्व कायम गर्न मिसन ८४ को नीति अघि सारिएको पोखरेलले बताए । त्यसको लागी १५ हजार प्रवास कमिटी सदस्य बनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मञ्चका मध्यपूर्व संयोजक प्रकाश कोइरालालगायतले सम्बोधन गरेका थिए । प्रवास मञ्चको अधिवेशन दुई दुई वर्षमा हुने गरेको छ ।