सुमी फार्मास्युटिकल्सको पेन किलर बिक्रीमा रोक

औषधि व्यवस्था विभागले नवलपरासीको गैँडाकोटस्थित सुमी फार्मास्युटिकल्सको एक औषधि बिक्रीमा रोक लगाएको छ । उक्त कम्पनीको ओफेन नामक एसिक्लोफेनेक १०० एमजी ट्याब्लेटमा समस्या देखिएको हो । यो नेपालमा धेरै प्रयोग हुने पेनकिलर औषधिमध्ये एक हो । 

उक्त औषधिको ब्याच नम्बर ‘ओ २३’ राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा  न्यून गुणस्तरको पाइएकाले बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।
 
खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ । उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ ।

सम्बन्धित समाचार