बंगलादेशमा आरक्षणविरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, लगाइयो देशभर कर्फ्यु

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न त्यहाँको सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ। बीबीसीका अनुसार बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवा आन्दोलित भएका हुन्। उक्त आन्दोलनले हिंसात्मक रूप लिएको हो।

राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएका छन्।

सम्बन्धित समाचार