सर्वोच्च अदालतमा महिला प्रहरीलाई कुटपिट गर्ने चौधरी पक्राउ

सर्वोच्च अदालतमा महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रीता चौधरी छिन् ।

अदालतमा चौधरीले कर्मचारीमाथि अपशब्द प्रयोग गरेपछि प्रहरीले रोक्न खोज्दा उनी उल्टै जाइलागेकी थिइन् ।

सर्वोच्च अदालतका सुरक्षा प्रमुख एसपी विनोद सिलवालका अनुसार चौधरीले महिला प्रहरी जवान नन्दी खड्कालगायतलाई हातपात गरेकी थिइन् ।

पक्राउ परेकी चौधरीलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार