काठमाडौं दरबार क्षेत्रका अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन 

काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्रका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले मंगलबार पुरातत्त्व विभागलाई पत्र लेख्दै अवैध संरचना सात दिनभित्र हटाई जानकारी गराउन समेत भनेको छ ।

“विश्वसम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्त्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू सात दिनभित्र हटाई यस महानगरपालिकालाई जानकारी दिनुहुन निर्देशानुसार अनुरोध छ,” महानगरले पुरातत्वलाई लेखेको पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार