काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुँदै सिरिजमा विजयी सुरुवात गरेको हो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलङ्काले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलङ्काका लागि पाथुम निसान्काले सर्वाधिक ७९ रन बनाए भने कुशल मेन्डिसले ४५ तथा कुशल परेराले २० रन बनाएका थिए ।
त्यसै गरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाएका थिए भने ऋषभ पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए । त्यसै गरी श्रीलङ्काका बलरमाथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए ।
यो जितपछि भारतले सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज हुँदै छ ।