काठमाडौं- इजरायलले कब्जा गरेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ जना मारिएका छन् । मानिनेमा अधिकांश बालबालिका रहेका छन् । रकेट हमलामा मारिएका बालबालिका र युवाहरूको अन्त्येष्टिको लागि आइतवार हजारौं मानिसहरू भेला भएका थिए ।
गोलान हाइट्समा भएको आक्रमणको विश्व नेताहरूले चर्को आलोचना गरेका छन् । बालबालिका र युवाहरुको शव बोकेका ड्रुज समुदायका मानिसहरुले रुवाईले माहोल भावनात्मक बनाएको थियो ।
युद्ध रोक्न नसकेकोमा कतिपय मानिसहरु सरकार तथा मन्त्रिहरु माथि आक्रोश पोखिरहेका थिए । यसैबीच ह्वाइट हाउसले इरान समर्थित लडाकू समूह हिजबुल्लाहले सो हमला गरेको बताएको छ ।
इजरायलले पनि आक्रमणको आरोप हिजबुल्ला माथि नै लगाएको छ । हिजबुल्लाहले भने यसको जिम्मेवारी अस्वीकार गरेको छ । विश्वका नेताहरूले आक्रमणको निन्दा गरेका छन् । र इजरायल र हिजबुल्लाहबीच अर्को युद्ध सुरु हुनसक्ने त्रास सर्वसाधारणमा छ ।