बेलायतको साउथपोर्टमा चक्कु प्रहारबाट दुई बालबालिकाको मृत्यु, ११ जना घाइते

बेलायतको साउथपोर्टमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । स्थानीय समयअनुसार सोमबार उक्त घटना बालबालिकाको नृत्य कक्षामा भएको हो । मारिनेहरु करिब ६ देखि ११ वर्षका बालबालिका छन् ।

त्यस्तै ९ जना बालबालिका र २ जना वयस्क ब्यक्ती घाइते भएका छन् । उनीहरुमध्ये २ बालबालिका र दुवै वयस्कको अवस्था गम्भीर छ । उनीहरु बिदाको समयमा नृत्य सिक्न त्यहाँ पुगेका थिए । यस्तै उक्त घटनामा १७ वर्षिय युवकलाई चक्कुसहित पक्राउ गरिएको छ । पहिचान नखुलेको संदिग्ध व्यक्ति हमला भएको स्थानबाट करिब ५ माईल ८ किलोमिटर टाढाको गाउँमा बस्ने प्रहरीले जनाएको छ। आक्रमणको कारण भने अहिलेसम्म खुलेको छैन् ।

यसअघि सन् १९९६ मा बेलायतमा बालबालिकामाथि सबैभन्दा नराम्रो आक्रमण भएको थियो, जब ४३ वर्षीय थोमस ह्यामिल्टनले स्कटल्याण्डको डन्ब्लेनमा रहेको विद्यालयको व्यायामशालामा १६ जना किन्डरगार्टनका विद्यार्थी र उनीहरूका शिक्षकलाई गोली हानी हत्या गरेका थिए।

सम्बन्धित समाचार