भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।
५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको छ । यसबारे विस्तृत विवरण भने आइसकेको छैन । पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्याएको छ ।
केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जनाएका छन् ।