काठमाडौंको चुनदेवीबाट जुवा खेल्दै गरेका ९ जना १० लाखसहित पक्राउ

काठमाडौं महानगरपालिका-४ चुनदेवीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई चुनदेवीस्थित यमकुमारी आलेको घरबाट १० लाख ११ हजार रुपैयाँसहित सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् ।

जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार