कोरियन एयरले फ्लाइट मेनुबाट हटायो तयारी चाउचाउ

कोरियन एयरले उडानका क्रममा इन्स्ट्यान्ट नुडल्स (तयारी चाउचाउ) नदिने भएको छ । 

एयर टर्बुलेन्स (हवाई तुफान)को समयमा बढी क्षति हुने ठानेर यही अगस्ट १५ बाट सो सेवा बन्द गर्न लागिएको जनाइएको छ । तातो नुडल्सले जल्ने समस्या भएको जनाएको छ । सन् २०१९ पछि अहिलेसम्म उक्त कम्पनीको विमान धेरैपटक टर्बुलेन्समा परेको जनाइएको छ ।

अहिलेसम्म सो एयरलाइन्सले यात्रुलाई निःशुल्क रूपमा चाउचाउ उपलब्ध गराउँदै आएको थियो । त्यसलाई यात्रुहरूले पनि मन पराउने र कोरियन एयर त्यसका लागि पनि चिनिने गर्दै आएको थियो । तर, अब त्यसको सट्टा स्यान्डबीच, कर्न डग्स, पिजा, हट पकेट्स जस्ता सामग्री दिइने जनाइएको छ । सोसल मिडियामा पनि यो बारेमा चर्चा पाएको छ । कतिपयले कफी र चिया चाहिँ तातो हुँदैनन् भनेर प्रश्न पनि सोधेका छन् ।

यो वर्षको सुरुमा सिंगापुर एयरलाइन्सले आफूले अब तातो पेय र खाना टर्बुलेन्सका कारण नदिने बताएको थियो । सो एयरलाइन्सको ३२१ यात्रुसहितको विमान टर्बुलेन्समा पर्दा गएको मे महिनामा एक ७३ वर्षीय बेलायती नागरिकको मृत्यु समेत भएको थियो ।

सम्बन्धित समाचार