ललितपुरकाे धापाखेलबाट २० वर्षीय युवक एक महिनादेखि सम्पर्कविहीन

ललितपुरको धापाखेलबाट झन्डै एक महिना अघिदेखि हराइरहेका एक युवक अझै भेटिएका छैनन् ।

सिरहाको कल्याणपुर नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका–२३ बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा हराएका भन्दै उनका दाजु रविकुमारले गएको असार २६ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए । असार २५ गते बेलुका सवा ७ बजेतिर साथीलाई भेटेर कोठामा फर्किने क्रममा भाइ सम्पर्कविहीन भएका रविकुमारले बताए ।

अरुणकुमार ललितपुरमा बसेर पढ्दै आएका थिए । भाइ सम्पर्कविहीन भएको एक महिना बितिसक्दा पनि प्रहरीले वास्ता नगरेको रविकुमारले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार