नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ का लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आइतबार २२ खेलाढीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । टी–२० विश्वकपपछि केही समय विश्राममा रहेको नेपाली टोली फेरि प्रशिक्षणमा जुट्नेछन् । क्यानले कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
यस्तै करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोराले २२ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
नेपालले लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो ।
क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ओमनबीच प्रतिस्पर्धा हुनेछ । ओमनमा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।