अमेरिका पठाइदिने प्रलोभन देखाएर ५४ लाख ठगी गर्ने एक युवती पक्राउ

अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका(७, दुविचौरका २१ वर्षीया लक्ष्मी माझी रहेकी छन् ।

उनले अमेरिकामा मासिक दुई लाख रुपैयाँ तलब हुने र काम पनि सजिलो हुने प्रलोभन देखाएर ५४ लाख ७ हजार ८७० रुपैयाँ लिएर फरार भएकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार