आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् ।
आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर पुगेर प्रधानन्यायाधीशको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।
आन्दोलनकारीहरुले दिउँसो १ बजेसम्म अल्टिमेटम दिएपछि उनले सोही अवधिभित्रै अदालत परिसरमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका हुन् ।
विद्यार्थीले सर्वोच्चका प्रधानन्यायाधीश र पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गर्दै प्रदर्शन थालेका थिए । विद्यार्थीको प्रदर्शन बढ्दै गएपछि प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका अन्य ५ न्यायाधीशले पनि राजीनामा दिएको बताइएको छ ।