चोरीको आरोप लागेका युवाहरु बन्दुक र खुकुरीसहित पक्राउ

झापामा चोरी गरेको आरोप लागेका तीन जना युवाहरु भरुवा बन्दुक र खुकुरीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ छन् ।

यो समूहले गत शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोप छ ।

चोरी पछि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको हो ।

तामाङको घरमा लुकाएर रोखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो । भरुवा बन्दुक र खुकुरी उनीहरुले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार