पूर्वमन्त्री र ‘सक्किगोनि’का कलाकार आचार्यसहित ११ जुवाडे पक्राउ

एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारी र हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार