भारतीय राज्य बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार भागदौडमा १० जनाभन्दा बढी घाइते पनि भएका छन्। घटना आइतबार राति १२ देखि साढे १२ बजेको बीचमा भएको हो।
जेहानाबादका एसएचओ दिवाकर कुमार विश्वकर्माले भने, ‘डीएम र एसपी घटनास्थलमा पुगेका छन् र स्थितिबारे जानकारी लिइरहेका छन्। कूल ७ जनाको मृत्यु भएको छ।’ उनले भने, ‘हामी उनीहरुका (मृतक र घाइते) परिवारलाई भेटेर जानकारी लिइरहेका छौँ। मृतकको सनाखत गर्ने प्रयास भइरहेको छ।
त्यसपछि शव पोस्टमार्टमका लागि पठाउनेछौँ।’ घाइतेहरूको जेहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ। घटना मखदुमपुर प्रहरी चौकी क्षेत्रमा भएको हो।