युरो र पाउन्डको मूल्य बढ्यो, दिनार र अस्ट्रेलियन डलरको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आज पनि अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसअघि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा निर्धारण भएको छ ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ । आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६४ र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार