साफ च्याम्पियनसिप गर्न नेपाललाई प्रस्ताव

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव राखेको छ । यसअघि नेपालले १३ औं संस्करणको साफ आयोजना गर्ने दाबी गरेको थियो ।

साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आइतबार आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बंगलादेशले आन्तरिक कारण देखाएर प्रतियोगिता नगर्ने भनेपछि अरूले आयोजना गर्ने बाटो खुलेको हो । नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्सले पनि प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएका थिए ।

यसका लागि पछिल्लो शुक्रबार मात्रै नेपालले महासंघसामु प्रतियोगिता आयोजनालाई लिएर आफ्नो कार्यक्रम प्रस्तुत गरेको थियो । महासंघको प्रस्ताव अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई प्राप्त भएको हो । महासचिव तुलाधरले अब एन्फाले साफ च्याम्पियनसिका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने बताएका छन् । 

एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले बताएको छ । साफ च्याम्पियनसिपमा यस पटक ५ टिमले मात्र खेल्ने लगभग पक्का छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार