नेप्से तीन हजार विन्दुमा, झण्डै ३० अर्बको ऐतिहासिक कारोबार

सेयर बजारले कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै ऐतिहासिक कारोबार हो ।

यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

यस्तै नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष (१५ भदौ २०७८) कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो । बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे ।

फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार