नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।
यसअघि साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो ।
शुक्रबार सुनको मूल्य घट्दा चाँदी भने बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।