जुम्लामा ३९ सय हेक्टरमा स्याउ खेती

जुम्लाको तीन हजार नौ सय हेक्टर जमिन स्याउ खेतीका योग्य छ । जसमध्ये करिब दुई हजार आठ सय हेक्टरमा मात्र स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।

जिल्लाका आठ स्थानीय तहका १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् । यो वर्ष पन्ध्र हजार मेट्रिकटन स्याउ उत्पादन हुने कार्यालयले अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा २० प्रतिशतले कम हो ।

जिल्लाभर स्याउनको यकिन तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख देवकोटाले जानकारी दिए । करिब यहाँको अनुमानित ११ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्लामा जाने गरेको कार्यालय प्रमुख देवकोटाले बताए ।

स्याउ निर्यातबाट मात्र जिल्लामा यो वर्ष ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादनले जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।

जिल्लाको प्राङ्गारिक स्याउ बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्याउ प्याकेजिङ स्टेण्डर कार्टुन रङ्गिन कलरका १० केजी क्षमताका १० हजार कार्टुन यहाँका स्याउ किसान, कृषि उद्यामी र स्याउ व्यापारीलाई कार्यालयले प्रति कार्टुनको रु ७० ले बिक्री वितरण गरिरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा उच्च घनत्व स्याउको जातअन्तर्गत फुजी, गाला, गोल्डन, डैली सियस, रैडडैली सियस, किंगरेडडेली सियस, फुजीकिकु, ग्रिनस्मीथ र रेडचिफ जातका स्याउ पाइने गरेको परियोजना कार्यान्वयन एकाइ, जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत शाहीको भनाइ छ ।

बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोनबाट ५० प्रतिशत अनुदान सहयोग र कर्णाली प्रदेश सरकारबाट ७० प्रतिशत अनुदान सहयोगमा स्याउका विरुवा वितरण हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, जुम्लाले जनाएको छ ।

यो याममा स्याउ परिपक्का नहुँदै बजारमा देखिन थालेछि स्याउको मूल्यमा ह्रास आउने देखिन्छ । स्याउ बगैँचाबाट प्रति केजीको रु ६५ ले व्यापारीलाई स्याउ बिक्री गरेको तिला गाउँपालिका किसान बताउँछन् । जिल्लामा स्याउको मूल्य एकरुपता नहुँदा किसान मारमा पर्ने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार