नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ ।
अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो।
क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।
छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् । यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।