नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।
आइतबार प्रतितोला तीन हजार रूपैयाँ बढेर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी आज पनि १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५०१ र चाँदी २८.९९ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।