इलामकी २० वर्षीया सोनुको हृदयघातबाट कोरियामा मृत्यु

अध्ययनका लागि दक्षिण कोरिया पुगेकी इलाम- १ माई नगरपालिकाकी २० वर्षीया सोनु श्रेष्ठको मृत्यु भएको छ ।

अध्ययनको सिलसिलामा ६ महिनाअघि कोरिया गएकी श्रेष्ठको गत आइतबार मृत्यु भएको हो । उल्सान अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टका अनुसार सोनुको हृदयघाटबाट मृत्यु भएको हो । उनको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

उनी कोरियाको उल्सान नामक विश्वविद्यालयमा अध्ययनरत थिइन् । मृतक सोनुका बुबा लिलाकुमार श्रेष्ठको पनि ३ महिनाअघि वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएको थियो । उनको गत जेठमा मृत्यु भएको थियो । मृतक सोनुको घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ छन् । एउटी दिदीको भने बिहे भइसकेको छ ।

४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन् । सोनुका भाइ कक्षा ७ मा र बैनी कक्षा १२ मा अध्ययन गर्छिन् । सोनुको शव नेपाल ल्याइने तयारी भएता पनि आर्थिक अभावका कारण ढिलाइ हुने देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार