भुटानलाई हराउँदै नेपाल साफ यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो ।
टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए ।