क्यानडाले चीनमा बनेका विद्युतीय गाडी (ईभी) को भन्सार शुल्क बढाएर १०० प्रतिशत पुर्याएको छ ।
अमेरिका र युरोपेली युनियनलाई पछ्याउँदै क्यानडाले पनि चिनियाँ ईभीको आयातमा शुल्क बढाएको थियो । त्यस्तै क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार शुल्क लगाउने भएको छ ।
क्यानडाले चीनबाट आयात हुने सबै ईभीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको हो जसमा टेस्लाका कारसमेत पर्दछन् । चीनको सांघाईमा टेस्लाको फ्याक्ट्री रहेको छ ।
चीनले भने क्यानडाले विश्व व्यापार संगठनको नियमको उल्लंघन गरेको भनेको छ ।