बैंकहरुलाई पुँजी कोषमा थप सहज, काउन्टर साइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु नपर्ने

काठमाडौं। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष काउन्टर साइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु नपर्ने भएको छ। नेपाल राष्ट बैंकले मंगलबार सर्कुलर जारी गर्दै काउन्टर साइक्लिक बफर चालु वर्षका लागि शून्य प्रतिशत कायम गरेको छ।

यसअघि क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ अनुसार २०८०/८१ को अन्त्यसम्ममा बफर बापत वाणिज्य बैंकहरुले ०.५ प्रतिशत थप पुँजी कायम गर्नुपर्ने व्यवस्था थियो।

बैंक तथा वित्तीय संस्थाहरुले २०८४ असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्ने छ।

२ करोडभन्दा कम रकमका तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न कर्जा समेत गरी १५ प्रतिशत प्रवाह गर्न भनिएको हो। यसअघि १ करोडभन्दा कम रकम तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा मात्र यस क्षेत्रमा समावेश गर्न पाउने व्यवस्था थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार