बँदेल मारेको आरोपमा पूर्वडीआईजी र बहालवाला सईसहित १० पक्राउ

सप्तरीमा बँदेल मारेको आरोपमा गए राति प्रहरीले पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत(२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बु, राजविराज ७ का रविन दासलाई समेत पक्राउ गरिएको छ ।

यसैगरी हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को२त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ ०१ ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार