साउथ सुपरस्टार रजनीकान्त र बलिवुडका मिस्टर परफेक्सनिस्ट नामले चर्चित आमिर खान ३० वर्ष पछि सँगै काम गर्ने भएका छन् ।
लालिसिंह चड्ढा फ्लप भएपछि अभिनयबाट ब्रेक लिएका आमिरले चलचित्र ‘कुली’ मा रजनीकान्तसँग स्क्रिन सेयर गर्ने भएका छन् ।
कमल हसनको विक्रम र थलपति विजयको लियो निर्देशन गरिसकेका निर्देशक कनगराजले बनाउन लागेको कुलीमा दुई सुपर स्टार एकसाथ आउँदा दर्शकबीच उत्साह बढ्ने देखिएको छ । चलचित्रबारे थप जानकारी दिइएको छैन ।
यसअघि १९९५ मा रजनीकान्त र आमिरले चलचित्र आतंकमा सँगै काम गरेका थिए ।