ठूलो दुर्घटनाबाट जोगियो इन्डिगो विमान, उडेको केही मिनेटमै बायाँ इन्जिन फेल

भारतको कोलकाता विमानस्थलबाट बैंगलोरका लागि उडेको इन्डिगोको विमान ठूलो दुर्घटनाबाट बचेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार इन्डिगोको फ्लाइट ६ई०५७३ विमान उडेको केही मिनेटमै बायाँ इन्जिन फेल भएको हो । तर त्यसलाई कोलकाता विमानस्थलमा नै सुरक्षित रूपमा आपत्‌कालीन अवतरण गराइएको जनाइएको छ ।

अधिकारीहरूका अनुसार कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल (एनएससीबीआई) बाट उक्त विमान शुक्रबार राति १०स्३६ मा उडेको थियो । तर आपत्‌कालीन अवस्थाका कारण राति १०:५३ बजे फेरि कोलकाता नै फर्काउनपर्‍यो ।

भारतीय एयरपोर्ट्स अथोरिटी ९एएआई० का प्रवक्ताका अनुसार घटनाका बेला कुनै आगो वा स्पार्क देखिएन, जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोगियो ।

विमानलाई सुरक्षित रूपमा अवतरण गराइयो र सबै यात्रुलाई सकुशल बाहिर निकालियो । यस विषयमा गहिरो अनुसन्धान भइरहेको र इन्जिन बिग्रनुको कारण पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित समाचार