अस्ट्रेलियामा आँधी: एक जनाको मृत्यु, जनजीवन प्रभावित

अस्ट्रेलियामा आँधीका कारण एक जनाको मृत्यु भएको छ । शक्तिशाली आँधीका कारण दशौं हजार अस्ट्रेलियालीहरू विद्युतविहीन भएका छन् ।

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमबार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा लगिएको छ । शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्‍याएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य भिक्टोरियामा सोमबार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।

सम्बन्धित समाचार