राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य जाँच गरेकी छिन् । स्वास्थ्य जाँच गर्न भण्डारी आज विहान त्रिभुवन शिक्षण अस्पताल टिचिङ महाराजगञ्ज पुगेकी थिईन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि भण्डारी टिचिङ पुगेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
उनले भने ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो । उहाँ प्राय: सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ’ । भण्डारी बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्कि सकेकी छिन् ।