टी-२० क्रिकेटमा मंगोलिया १० रनमै अलआउट

काठमाडौँ । मङ्गोलिया आइसीसी टी-२० विश्वकप को एसिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । बिहीबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मङ्गोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।

मङ्गोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २-२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मङ्गोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए । मङ्गोलियाको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारद्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मङ्गोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।

टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मङ्गोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै वर्ष बनाएको हो । मङ्गोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।         

सम्बन्धित समाचार