काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गत भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेको नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारेको स्टाटस फेरि देखिएको छ।
प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेको उक्त स्टाटस धेरै रिपोर्ट भएपछि फेसबुकले नै हटाएको मेयर शाहको सचिवालयले दाबी गरेको थियो।
ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए।
फेसबुकमा राखेको २ दिनपछि वालबाट हटेको उक्त स्टाटस शुक्रबार फेरि देखिएको छ। फेसबुकले माफी माग्दै स्ट्याटस पुन: देखिने बनाएको हो।